कटुवा पेस्तोल र गोली बरामद

काठमाडौँ, १ कार्तिक । प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–५ अमाहा सामुदायिक वनमा लुकाइराखेको अवस्थामा एकथान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको छ ।

प्रहरी टोलीले सामुदायिक वनको पिठारीको रुखको फेदमा झ्यासले छोपेर राखेको अवस्थामा कटुवा पेस्तोल र गोली बरामद गरेको हो ।

कटुवा पेस्तोलमा प्रयोग हुने गोली थ्रिनटथ्री राइफलमा पनि प्रयोग हुने गोली भएको प्रहरीले जानकारी दिएको छ । सामुदायिक वनभित्र हातहतियार लुकाएर राखिएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय, महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालय र भरौल प्रहरी चौकीबाट संयुक्तरुपमा टोली खटिएको थियो । कसले कुन उद्देश्यले कटुवा पेस्तोल र गोली लुकाएर राखेको हो थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पेस्तोल र गोली शनिबार साँझ पाँच बजे बरामद गरिको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ कार्तिक । रामबाबु गुरुङ निर्देशित बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५’ सेन्सर पास भएको छ।  चलचित्र जाँच समितिले यस चलचित्रलाई सबैले

काठमाडौँ, ३१ असोज । आज बडादसैँको फूलपातीको अवसर पारेर नयाँ नेपाली चलचित्र ‘छ माया छपक्कै २’ देशभर एकसाथ प्रदर्शनमा आएको

काठमाडौँ, २९ असोज । दसैँको फूलपातीबाट प्रदर्शनमा आउने चलचित्र ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार राति

काठमाडौँ, २७ असोज । फिल्म ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक भएको छ । ‘सर्भाइभल’ कथामा आधारित फिल्म मंसिर ४ गतेबाट प्रदर्शनमा आउँदै