ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक बालकको मृत्यु

काठमाडौँ, ३१ असोज । बनेपामा द्रुत गतिमा हुँइकिएको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ९ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनका आमाबुबाको अवस्था गम्भीर छ । उनीहरूको सिर मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए । ठक्कर दिने बुलेटका चालकलाई प्रहरीले हिरासतमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठ मिलापत्र कागज गरेर छुटेका छन् ।

काठमाडौँ, ३१ असोज । नेपालका विभिन्न श्रम सङ्गठनहरुले जलवायु वित्तको मागसहित श्रमिक अधिकारको संरक्षण तथा जोखिममा रहेका समुदायका आवश्यकताहरू सम्बोधन

काठमाडौँ, ३१ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा

काठमाडौँ, ३१ असोज । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६