कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौँ, ३१ असोज । कांग्रेस सभापति गगन थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज पार्टी कार्यालय सानेपामा उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । हालै राजधानीमा सम्पन्न १५औँ महाधिवेशनबाट उनी भारी मतका साथ विजयी भएका थिए । शपथसँगै उनले पदबहाली पनि गरेका छन् ।

शपथ ग्रहण तथा पदवहाली समारोहमा सहभागी हुन नेपाली कांग्रेस केन्द्रीय कार्यालयले उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरेको नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको सपथ भने दशैंपछि गर्ने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठ मिलापत्र कागज गरेर छुटेका छन् ।

काठमाडौँ, ३१ असोज । नेपालका विभिन्न श्रम सङ्गठनहरुले जलवायु वित्तको मागसहित श्रमिक अधिकारको संरक्षण तथा जोखिममा रहेका समुदायका आवश्यकताहरू सम्बोधन

काठमाडौँ, ३१ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा

काठमाडौँ, ३१ असोज । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६