६ जना जुवाडे पक्राउ

काठमाडौँ, ३१ असोज । झापाको अर्जुनधारामा अवैध रूपमा तास/जुवा खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ । 

अर्जुनधारा नगरपालिका वडा नं. ०५ ओमचौकस्थित सीताराम थापाको घरमा अवैध रूपमा तास र जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको थियो । 

आज राति करिब १०:१० बजेको समयमा पुगेको टोलीले रीतपूर्वक खानतलासी गर्दा तास खेलिरहेका ६ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा अर्जुनधारा न.पा.-०५ बस्ने ४१ वर्षीय किशोर थापा, ५५ वर्षीय सीताराम थापा, ४२ वर्षीय यम चौहान, ४५ वर्षीय नीरज कुमार खनाल, ३८ वर्षीय बल बहादुर बुढाथोकी र ३४ वर्षीय रोहित अधिकारी रहेका छन् । 

उनीहरूको साथबाट १ लाख २२ हजार ७ सय ८० रुपैयाँ नगद र २ बुड तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर आवश्यक थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठ मिलापत्र कागज गरेर छुटेका छन् ।

काठमाडौँ, ३१ असोज । नेपालका विभिन्न श्रम सङ्गठनहरुले जलवायु वित्तको मागसहित श्रमिक अधिकारको संरक्षण तथा जोखिममा रहेका समुदायका आवश्यकताहरू सम्बोधन

काठमाडौँ, ३१ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा

काठमाडौँ, ३१ असोज । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६