जग्गा विवादमा छिमेकीले धकेल्दा वृद्धको मृत्यु

काठमाडौँ, ३१ असोज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही टोलमा जग्गाको सिमानाको विषयलाई लिएर भएको विवादका क्रममा धकेल्दा एक वृद्धको मृत्यु भएको छ ।

आज बिहान करिब ९ बजे स्थानीय २७ वर्षीय रघुनन्दन राय र ७५ वर्षीय तेतर रायबिच जग्गाको सिमानालाई लिएर विवाद भएको थियो । सोही क्रममा रघुनन्दन रायले तेतर रायलाई धकेल्दा उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

घटनाबारे स्थानीयले जानकारी गराएपश्चात् तत्काल प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान अघि बढाएको छ । प्रहरीले घटनामा संलग्न रघुनन्दन रायलाई नियन्त्रणमा लिएको छ । मृतक तेतर राय यसअघि नै मुटुसम्बन्धी रोगबाट पीडित रहेको बताइएको छ । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नवलपुर, ३० कार्तिक । नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट

मकवानपुर, ३० कार्तिक । मकवानपुरको चित्लाङबाट लागुऔषध चरेससहित २ जना पक्राउ परेका छन् । थाहा नगरपालिका–९ स्थित चित्लाङ चेक प्वाइन्टबाट

काठमाडौँ, ३० कार्तिक । रारा ताल घुम्न आएका पर्यटक सवार गाडी मुगुमा दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ

काठमाडौँ, ३० कार्तिक । सुनसरीको हरिनगर गाउँपालिकामा छठ पूजास्थल तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  प्रहरीका