पत्रकार किशोर श्रेष्ठ मिलापत्र कागज गरेर छुटे

काठमाडौँ, ३१ असोज । कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठ मिलापत्र कागज गरेर छुटेका छन् ।

श्रेष्ठलाई प्रहरीले आजै बिहान ललितपुरस्थित नख्खु, बागडोलमा रहेको उनकै घरबाट पक्राउ गरेको थियो । कलाकार पन्तले अर्काको सम्पत्ति हडपेको विषयमा श्रेष्ठले आफू सम्बद्ध जनआस्था अनलाइनमा समाचार सम्प्रेषण गरेका थिए । त्यसप्रति आपत्ति जनाउँदै पन्तले प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएका थिए ।

उनीहरु दुईजनाबीच तीन घण्टा छलफल भएको थियो । छलफलपछि मिलापत्र कागज गरेर श्रेष्ठलाई घर जान अनुमति दिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठ मिलापत्र कागज गरेर छुटेका छन् ।

काठमाडौँ, ३१ असोज । नेपालका विभिन्न श्रम सङ्गठनहरुले जलवायु वित्तको मागसहित श्रमिक अधिकारको संरक्षण तथा जोखिममा रहेका समुदायका आवश्यकताहरू सम्बोधन

काठमाडौँ, ३१ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा

काठमाडौँ, ३१ असोज । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६