जिप दुर्घटना हुँदा ३ जना घाइते

काठमाडौँ, ३१ असोज । गुल्मी गुल्मीको मुसिकोट नगरपालिका–५ झक्कलेमा पिकअप गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

रुद्रवेणी–वामीटक्सार सडकखण्डमा बिहान करिब ४ बजे बुटवलबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ च ८०२४ नम्बरको पिकअप अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको हो ।

दुर्घटनामा चालक मदन सुनार, उनकी श्रीमती सुनिता सुनार र ढोरपाटन नगरपालिका–८ की ४७ वर्षीया सुर्जमल्म विक घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था सामान्य र एक जनाको मध्यम रहेको छ ।

घाइतेहरूलाई उपचारका लागि शुभसारथी अस्पताल मजुवा पठाइएको प्रहरीले जनाएको छ । पिकअपमा चालकसहित ६ जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठ मिलापत्र कागज गरेर छुटेका छन् ।

काठमाडौँ, ३१ असोज । नेपालका विभिन्न श्रम सङ्गठनहरुले जलवायु वित्तको मागसहित श्रमिक अधिकारको संरक्षण तथा जोखिममा रहेका समुदायका आवश्यकताहरू सम्बोधन

काठमाडौँ, ३१ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा

काठमाडौँ, ३१ असोज । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६