काठमाडौँ, २७ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत डा. ड्यानिएल मेउलीबीच परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका अवसरमा उनीहरूबीच नेपाल र स्विट्जरल्यान्डबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा बहुआयामिक सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।
यसै वर्ष नेपाल र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुँदै छ । सन् १९५६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
दुई मुलुकबीच थप सहकार्य गर्ने विषयमा पनि कुराकानी भएको थियो ।








