परिसूचक नेप्से ४.१२ अंकले बढ्यो

काठमाडौँ, २७ असोज ।  आज सेयर बजार परिसूचक नेप्से ४.१२ अंक बढेको छ ।

अघिल्लो कारोबार दिन ४ अंक नै बढेको नेप्से आजको वृद्धिपछि २५९९ अंकमा कायम भएको छ ।

कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ४ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७३ करोडको भयो । आज १०४ कम्पनीको मूल्य बढ्दा १६७ को घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज जीवन बीमा समूहमा आकर्षण देखिएको छ । सो समूहगत सूचक सबैभन्दा धेरै १.७७ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ समूहले पनि वृद्धिलाई निरन्तरता दिएको छ । सो समूह ०.६९ प्रतिशत बढेको छ । बैंकिङ ६ महिनाकै उच्चतम विन्दुमा पुगेको छ ।

विकास बैंक ०.०५, लगानी ०.१३ तथा निर्जीवन बीमा ०.५३ प्रतिशत बढे । फाइनान्स ०.३१, होटल तथा पर्यटन ०५८, जलविद्युत् ०.४४, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.०९, अन्य ०५२ र व्यापार समूह ०.४० प्रतिशत घटे ।

सगरमाथा जलविद्युत् कम्पनीको मूल्य १२.४४ प्रतिशत बढ्यो । ओरियन्टल होटल्सको ३.७४, सन नेपाल लाइफ इन्स्योरेन्सको ३.१७, भगवती हाइड्रोपावरको ३.१३, घलेम्दी हाइड्रोपावरको ३.१२ प्रतिशत मूल्य बढ्यो ।

स्नो रिभर्सको १५, धौलागिरि लघुवित्तको १२.८७, कुथेली बुखरी स्मल हाइड्रोपावरको ४.६५, सिटी होटलको ३.६५ प्रतिशत मूल्य घट्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।