परराष्ट्रमन्त्री खनाल र स्विट्जरल्यान्डकी राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौँ, २७ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत डा. ड्यानिएल मेउलीबीच परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका अवसरमा उनीहरूबीच नेपाल र स्विट्जरल्यान्डबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा बहुआयामिक सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

यसै वर्ष नेपाल र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुँदै छ । सन् १९५६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

दुई मुलुकबीच थप सहकार्य गर्ने विषयमा पनि कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले लोटो स्पोर्टसँग सम्झौता गरेको छ ।  सुदूरपश्चिमले एनपीएलको तेस्रो सिजनका

काठमाडौँ, २५ असोज । आईसीसी विश्वकप लिग २ अन्तर्गत क्याडाविरुद्धको खेलमा रोहित पौडेलले शतक बनाएका छन् । ओमानस्थित अल अमिरातमा जारी

भक्तपुर, २५ असाेज । जिल्लाकाे सूर्यविनायक नगरपालिकामा अन्तर वडा स्तरीय फुटवल प्रतियोगिता शुरू भएकाे छ । प्रतियोगिताकाे पहिलाे खेल वडा

काठमाडौँ, २१ असोज । बेनिनविरुद्ध ३–० को सहज जित निकाल्दै अर्जेन्टिनाले आफ्ना कप्तान लियोन मेसीको सुखद बिदाइ गरेको छ । बुधबार