मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

काठमाडौँ, २७ असोज । तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार भिमाद नगरपालिका–५, शीतलमार्गस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको हो ।

आज बिहान करिब ८ः५० बजे भिमादबाट ऋषिङपाटनतर्फ जाँदै गरेको ग.प्र.०३–००१ प १०६७ नम्बरको मोटरसाइकलले सोही स्थानका तीन वर्षीय स्वरूप गैरेलाई ठक्कर दिँदा उनी घाइते भएका थिए ।

घाइते बालकलाई उपचारका निम्ति जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगिएकामा बिहान ९ः५६ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

उक्त मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असोज । फिल्म ‘पेन्सन पट्टा’ले करिब १० करोड कमाइ गरेको छ ।  चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस

काठमाडौँ, २६ असोज । सामाजिक सञ्जाल टिकटकमा डरत्रास, धाकधम्की तथा समाजमा हिंसा फैलाउने खालको भिडियो अपलोड गरेको आरोपमा धनुषा प्रहरीले एक

काठमाडौँ, २६ असोज । ‘रामायण’ चलचित्रका निर्माताहरूले बहुप्रतिक्षित दुई भागको यो महाकाव्यको पहिलो भाग सन् २०२६ को नोभेम्बर ५ मा

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्