खुँडा प्रहार गरी एक जनाको हत्या

काठमाडौँ, २७ असोज । मुगुमा खुँडा प्रहार गरी वृद्धको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा छायाँनाथ रारा नगरपालिका–५, कार्कीवाडाका ३२ वर्षीय अजवीर कामी छन् । प्रहरीका अनुसार आज बिहान सोही स्थानमा उनले ७५ वर्षीय धनवीर कामीमाथि खुँडा प्रहार गरेका थिए । खुँडा प्रहारबाट घाइते धनवीरलाई तत्काल उपचारका निम्ति जिल्ला अस्पताल मुगु लगिएकामा चिकित्सकले मृत घोषणा गरेको हो ।

फरार भएका अजवीरलाई खोजतलासका क्रममा आज बिहान छायाँनाथ रारा–३ स्थित राराताल जाने जंगलमा भागिरहेको अवस्थामा फेला पारी खुँडासहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार, श्रव्यसामग्री

काठमाडौँ, २७ असोज । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दाङ, २६ असाेज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक मूल्य–मान्यताको संरक्षण गर्न  मातृशक्तिकाे भूमिका महत्वपूर्ण हुने

काठमाडौँ, २६ असोज । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रहरी निरीक्षक आधारभूत तालिम (१८४औँ समूह) पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका