‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौँ, २७ असोज । असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक भएको छ ।

चन्द्र पन्तको निर्देशनमा बनेको फिल्मको ४ मिनेट ५९ सेकेन्ड लामो ट्रेलरमा प्रेम, संघर्ष, बियोग, शंका र बिछिप्तता समावेश छ । आमाले छोराहरूलाई गर्ने माया र छोराहरूले आमालाई गर्ने माया र वियोगको सेरोफेरोमा ट्रेलर केन्द्रित छ ।

फिल्ममा आमाको भूमिकामा रहेकी विपना थापा छिन् भने पल शाह कृष्ण र मलिका महत राधाको चरित्रमा देखिएका छन् । यता, आकाश श्रेष्ठको भूमिकालाई लिएर भने दर्शकमाझ कौतूहल देखिन्छ । ट्रेलरमा उनको चरित्रको प्रस्तुतिले उनी नकारात्मक भूमिकामा छन् कि भन्ने अनुमान गर्ने ठाउँ दिएको छ ।

आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलीप अखेडालगायत कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असोज । फिल्म ‘पेन्सन पट्टा’ले करिब १० करोड कमाइ गरेको छ ।  चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस

काठमाडौँ, २६ असोज । सामाजिक सञ्जाल टिकटकमा डरत्रास, धाकधम्की तथा समाजमा हिंसा फैलाउने खालको भिडियो अपलोड गरेको आरोपमा धनुषा प्रहरीले एक

काठमाडौँ, २६ असोज । ‘रामायण’ चलचित्रका निर्माताहरूले बहुप्रतिक्षित दुई भागको यो महाकाव्यको पहिलो भाग सन् २०२६ को नोभेम्बर ५ मा

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्