मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ, २४ असोज । सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा दैलेखको भैरवी गाउँपालिका घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा बस्दै आएका २७ वर्षीय विवेक थापा छन् । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

शुक्रबार राति घुस्राबाट तीनकुने चोकतर्फ जाँदै गरेको लु ७२ प २००९ नम्बरको बुलेट मोटरसाइकलले थापा दम्पतीलाई ठक्कर दिएको थियो । दुर्घटनामा विवेककी २९ वर्षीया श्रीमती सुनिता थापा र मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–१० का २२ वर्षीय दिपेश चौधरी घाइते भएका छन् ।

दुर्घटनापछि तीनै जनालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको थियो । विवेकलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकामा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते सुनिता र चौधरीलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २४ असोज । अमेरिकाको फ्लोरिडा राज्यमा शक्तिशाली समुद्री आँधी ‘इसायस’ले जमिनमा प्रवेश गरेपछि बाढी र तीव्र हावाहुरीको जोखिम बढेको छ

एजेन्सी, २३ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि इरानमाथि कुनै पनि आक्रमण नगर्ने

एजेन्सी, २३ असोज । अमेरिकाको कंग्रेसनल (संसदीय) रिसर्च सर्भिस (सीआरएस)ले इरानसँगको युद्धमा अमेरिकी सेनाका ८१ वटा सैन्य विमान क्षतिग्रस्त वा नष्ट

एजेन्सी, २३ असोज । युक्रेनको पूर्वी क्रामतोस्र्क सहरमा यात्रुवाहक दुई बसमा रुसी ग्लाइड बम आक्रमण हुँदा ३० जनाको मृत्यु भएको छ