इरान युद्धमा ८१ अमेरिकी सैन्य विमानमा क्षति

एजेन्सी, २३ असोज । अमेरिकाको कंग्रेसनल (संसदीय) रिसर्च सर्भिस (सीआरएस)ले इरानसँगको युद्धमा अमेरिकी सेनाका ८१ वटा सैन्य विमान क्षतिग्रस्त वा नष्ट भएको प्रतिवेदन सार्वजनिक गरेको छ । 

यसमा हवाइजहाज, हेलिकोप्टर र ड्रोन समावेश छन् । गुप्तचर, निगरानी, हवाई सहयोग तथा उद्धार कार्यमा प्रयोग हुने एमक्यू–९ रिपर ड्रोन क्षतिग्रस्त वा नष्ट भएका कुल विमानमध्ये आधाभन्दा बढी छन् ।

क्षतिग्रस्त वा नष्ट भएका विमानको सूचीमा पेन्टागनका महँगा र अत्याधुनिक सैन्य प्रविधिसमेत छन् । तीमध्ये एफ–३५ए लडाकु विमान र ई–३ सेन्ट्री प्रमुख छन् । चार इन्जिनयुक्त ई–३ सेन्ट्रीमा राडार डोम जडान गरिएको हुन्छ । यसको प्रयोग लक्ष्यको निगरानी तथा हवाई क्षेत्रको व्यवस्थापनमा गरिन्छ ।

कंग्रेसनल बजेट अफिस (सीबीओ)को तथ्यांक उदृत गर्दै प्रतिवेदनले रक्षा मन्त्रालयको मर्मत वा नयाँ खरिद योजनाका आधारमा विमान क्षतिको कुल लागत १.९ अर्बदेखि ३.३ अर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरेको छ ।

सीएनएनले उद्धृत गरेका स्रोतहरूका अनुसार युद्धको कुल लागत कम्तीमा ४५ अर्ब अमेरिकी डलर पुगिसकेको छ । यसमा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारमा भएको पूर्वाधार क्षति समावेश छैन ।

क्षतिग्रस्त केही विमान मर्मतपछि पुनः सेवामा फर्काइएको बताइएको छ । जसमा गत सेप्टेम्बरमा जोर्डनस्थित मुवफाक साल्टी एयर बेसमा इरानी आक्रमणबाट सामान्य क्षति पुगेका आठवटा एफ–१५ स्ट्राइक इगल लडाकु विमान मर्मत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । हुम्लाको दक्षिणी क्षेत्रमा भारी वर्षा भएको छ भने उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न स्थानमा हिमपात भएको छ

काठमाडौँ, १४ कार्तिक । सिरहामा २५ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नेपाली नोट सहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौँ, १४ कार्तिक । वर्षासँगै पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र बेनी–दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।  जिल्ला प्रशासन कार्यालयका

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको