गगनलाई विश्वप्रकाशले दिए शुभकामना

काठमाडौँ, २४ असोज । नेपाली कांग्रेसको सभापतिमा निर्वाचित गगन थापालाई वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शुभकामना दिंदै यो यात्रा सुरु भएको तर लक्ष्य प्राप्त गर्न बाँकी रहेको बताएका छन् ।

शुभकामनासँगै शर्माले पार्टीभित्रका भिन्न मत र मनहरूलाई जोड्नुपर्ने, विगतका कमजोरी सच्याउँदै देशलाई गन्तव्यमा पुर्‍याउनुपर्ने बताएका छन् । ‘यात्राको सुरुवात हो, लक्ष्यको प्राप्ति होइन ! हिँड्नु धेरै छ हामीले, गन्तव्यमा पुर्‍याउनु छ देशलाई’, शर्माले फेसबुकमा लेखेका छन्, ‘अफ्ठ्यारा आउँछन्, सामना गर्नुछ संयमले । जोड्नु छ भिन्न मत र मनहरू ।’

उनले इतिहासप्रति इमानदार रहँदै विगतका गौरवलाई पछ्याउन र कमजोरी सच्याउनुपर्नेमा पनि जोड दिएका छन् । देशको समुन्नति सम्भव तुल्याउनुपर्ने भन्दै उनले ‘सक्नुपर्छ र सक्नेछौँ’ भन्ने विश्वास व्यक्त गरेका छन् ।

गगनलाई अपार विश्वास र दृढ साथसहित आफू उभिएको तथा आफूहरू लामबद्ध रहेको उल्लेख गर्दै शर्माले लेखेका छन्, ‘लु ब्रदर– बलियो कमान्डका लागि शुभकामना !’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । सुर्खेतका विभिन्न स्थानका जंगलमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । प्रहरी टोलीले

काठमाडौँ, २४ असोज । सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु

काठमाडौँ, २४ असोज । कर्णाली नदीमा माछा मार्न गएकी एक महिलाको गोहीको आक्रमणबाट मृत्यु भएको छ । प्रहरीका अनुसार शुक्रबार बिहान

काठमाडौँ, २४ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ