गाँजासहित एक जना पक्राउ

काठमाडौँ, २२ असोज । भोजपुरमा ठुलो परिमाणमा गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार हतुवागढी गाउँपालिका–९ स्थित धिरिङ खोलाको बगरबाट २४४ किलो ७०० ग्राम गाँजासहित आमचोक गाउँपालिका–७ का १९ वर्षीय एकराज मगरलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मगरलाई नियन्त्रणमा लिएको हो । मगरको साथबाट ६ बोरा गाँजा, मोटरसाइकल र मोबाइल बरामद गरिएको छ । पक्राउ परेका मगरलाई बरामद गाँजासहित अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

लागूऔषध गाँजासम्बन्धी कसुरमा भोजपुर जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ मंसिर । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढेको बताएका

काठमाडौँ, ३ मंसिर । दशौँ राष्ट्रिय खेलकुद दुई प्रदेशका सात जिल्लामा आयोजना गरिने भएको छ । आज राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले

लमजुङ, १ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङको बेँसीसहर नगरपालिका–७ सहजीस्थित त्रिवेणी रङ्गशालाको स्थलगत अवलोकन गरेका छन् ।

डडेलधुरा, १ मंसिर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले खेलकुद क्षेत्र र प्रतिभावान् खेलाडीको वृत्ति विकासका लागि प्रदेश सरकार प्रतिबद्ध