कांग्रेस रूपान्तरण भएर नयाँ नेतृत्व आउँदा खुसी लागेको छ : बाबुराम भट्टराई

काठमाडौँ, १८ असोज । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी नयाँ रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

आज खुलामञ्चमा कांग्रेसको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले पुराना पार्टीहरूको पुरानो नेतृत्व र विचारले मात्रै अब देशको आवश्यकता पूरा गर्न नसक्ने बताए ।

आफू माओवादीमै हुँदै नेपालमा पार्टी रूपान्तरण भएर नयाँ नेतृत्व आउनुपर्ने वा नयाँ शक्ति उदाउनुपर्ने कुरा उठाएको स्मरण गर्दै भट्टराईले आज ती दुवै कुरा पूरा भएको बताए।

उनले भने, ‘१२ वर्षपछि आज म स्मरण गर्न चाहन्छु, नयाँ शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ, र कांग्रेस रूपान्तरण भएर नयाँ नेतृत्व आएको छ। यो देख्दा मलाई खुसी लागेको छ,’ ।

शान्ति प्रक्रियामा आए लगत्तैको एक घटना स्मरण गर्दै भट्टराईले भने, ‘शान्ति प्रक्रियामा आएपछि एक जना विदेशी पत्रकारले मलाई नेपालको कांग्रेस र कम्युनिस्ट वृत्तमा भावी नेतृत्व को होला भनेर प्रश्न गरेका थिए। अरूको बारेमा भन्न सक्दिनँ तर कांग्रेसको भावी नेतृत्व गगन थापा हुन् भनेर मैले जवाफ दिएको थिएँ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार पूरै कार्यकाल चल्ने बताएका छन् । 

काठमाडौँ, १८ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय

काठमाडौँ, १८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति अँध्यारो सुरुङ तर्फ धकेलिएको र संविधान तथा

काठमाडौँ, १८ असोज । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवार घोषणा गरेका छन् ।  महर्जनले युवापुस्ताका लागि