५ जना जुवाडे पक्राउ

काठमाडौँ, १८ असोज । कञ्चनपुरमा प्रहरीले मध्यराति जुवाखालमा छापा हानेको छ । प्रहरीले छापा हानेपछि जुवाडेहरूबीच भागाभाग भएको छ भने केहीले कार तथा मोटरसाइकलसमेत घटनास्थलमै छाडेर भागेका छन् ।

पुनर्वास नगरपालिका–१ पुरैनास्थित कच्ची सडकखण्डमा त्रिपाल ओछ्याएर ठूलो रकमको जुवा भइरहेको सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलीले राति करिब २ बजे छापा हानेको हो ।

प्रहरीका अनुसार छापा मार्ने क्रममा पाँच जनालाई नियन्त्रणमा लिइएको छ । ठूलो संख्यामा रहेका अन्य जुवाडेहरू भने प्रहरी टोली आएको थाहा पाएपछि भागेका थिए ।

पाँच जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरका जगतबहादुर धामी, धनगढी उपमहानगरपालिका–४ का विक्रम विष्ट, धनगढी–१२ जुगेडाका प्रेमबहादुर सिंह, बझाङको बुंगल नगरपालिका–११ का कृष्ण बाहेरा र पुनर्वास नगरपालिका–१ बलभद्रबस्तीका सुरेश तामाङ रहेका छन् ।

उनीहरूको साथबाट २० हजार ९१० रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको नियन्त्रणमा राखिएको छ ।

प्रहरीका अनुसार जुवाखाल सञ्चालन भइरहेको स्थानबाट चार वटा कार, दुई वटा स्कुटर र नौ वटा मोटरसाइकलसमेत फेला परेका छन् । प्रहरी टोली पुगेपछि अन्य जुवाडेहरूले आफ्ना सवारीसाधनसमेत घटनास्थलमै छाडेर फरार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म

काठमाडौँ, ९ कार्तिक । प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाबाट मात्रै ११८ जनालाई नियन्त्रण लिएको छ । काठमाडौँबाट मात्रै ९९ जना,