काठमाडौँ, १८ असोज । कांग्रेस उपसभापति पुष्पा भुसालले पुनः उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
केन्द्रीय सदस्य रहेकी उनी विशेष महाधिवेशनबाट उपसभापति चयन भएकी थिइन् । १५औं महाधिवेशनमा उनी सोही पदमा दोहोरिन लागेकी हुन् ।
कांग्रेसको विधानअनुसार केन्द्रीय नेता पनि गाउँबाटै चुनिनुपर्ने भएकाले भुसाल अर्घाखाँचीबाट सर्वाधिक मत ल्याएर निर्वाचित भएकी थिइन् । अर्घाखाँचीमा सम्पन्न महाधिवेशन प्रतिनिधि निर्वाचनमा खसेको १ हजार ६ सय ८० मतमध्ये उनले १ हजार ४ सय ४६ मत प्राप्त गरेकी थिइन् ।
वकालत र प्राध्यापन हुँदै उपसभामुख तथा पार्टीको उपसभापतिसम्म पुगेकी भुसाल शैलजा आचार्यपछि कांग्रेसको उपसभापति हुने दोस्रो महिला हुन् ।







