कांग्रेस उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी घोषणा

काठमाडौँ, १८ असोज । कांग्रेस उपसभापति पुष्पा भुसालले पुनः उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

केन्द्रीय सदस्य रहेकी उनी विशेष महाधिवेशनबाट उपसभापति चयन भएकी थिइन् । १५औं महाधिवेशनमा उनी सोही पदमा दोहोरिन लागेकी हुन् ।

कांग्रेसको विधानअनुसार केन्द्रीय नेता पनि गाउँबाटै चुनिनुपर्ने भएकाले भुसाल अर्घाखाँचीबाट सर्वाधिक मत ल्याएर निर्वाचित भएकी थिइन् । अर्घाखाँचीमा सम्पन्न महाधिवेशन प्रतिनिधि निर्वाचनमा खसेको १ हजार ६ सय ८० मतमध्ये उनले १ हजार ४ सय ४६ मत प्राप्त गरेकी थिइन् ।

वकालत र प्राध्यापन हुँदै उपसभामुख तथा पार्टीको उपसभापतिसम्म पुगेकी भुसाल शैलजा आचार्यपछि कांग्रेसको उपसभापति हुने दोस्रो महिला हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । प्रहरीले काठमाडौँ जिल्लाको विभिन्न ठाउँबाट ८७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार

काठमाडौँ, १० कार्तिक ।कास्कीको धम्पुसमा एक युवक मृत फेला परेका छन् । माछापुच्छ्रे गाउँपालिका ७ धम्पुस स्थित घिप्लेमा एक युवक

काठमाडौँ, १० कार्तिक । चितवनको ईच्छाकामना–४ धारापानी स्थित पृथ्वी लोकमार्गमा ट्रक, बस र माइक्रो एक–आपसमा ठोक्किएर दुर्घटना भएको छ । प्रहरीका

काठमाडौँ, १० कार्तिक । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको भन्दै भन्सार छलीका सामान पास गराइदिने प्रलोभन