कांग्रेस रूपान्तरण भएर नयाँ नेतृत्व आउँदा खुसी लागेको छ : बाबुराम भट्टराई

काठमाडौँ, १८ असोज । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी नयाँ रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

आज खुलामञ्चमा कांग्रेसको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले पुराना पार्टीहरूको पुरानो नेतृत्व र विचारले मात्रै अब देशको आवश्यकता पूरा गर्न नसक्ने बताए ।

आफू माओवादीमै हुँदै नेपालमा पार्टी रूपान्तरण भएर नयाँ नेतृत्व आउनुपर्ने वा नयाँ शक्ति उदाउनुपर्ने कुरा उठाएको स्मरण गर्दै भट्टराईले आज ती दुवै कुरा पूरा भएको बताए।

उनले भने, ‘१२ वर्षपछि आज म स्मरण गर्न चाहन्छु, नयाँ शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ, र कांग्रेस रूपान्तरण भएर नयाँ नेतृत्व आएको छ। यो देख्दा मलाई खुसी लागेको छ,’ ।

शान्ति प्रक्रियामा आए लगत्तैको एक घटना स्मरण गर्दै भट्टराईले भने, ‘शान्ति प्रक्रियामा आएपछि एक जना विदेशी पत्रकारले मलाई नेपालको कांग्रेस र कम्युनिस्ट वृत्तमा भावी नेतृत्व को होला भनेर प्रश्न गरेका थिए। अरूको बारेमा भन्न सक्दिनँ तर कांग्रेसको भावी नेतृत्व गगन थापा हुन् भनेर मैले जवाफ दिएको थिएँ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र