काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मिति २०८३/०६/१८ गते हटियाबाट चिसापानीतर्फ जाँदै गरेको ग १९ प ८०६५ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा सडकबाट अन्दाजी १० मिटर तल खस्न गई दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि विभिन्न अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेहरू सोही नगरपालिका तल्लो मैदान बस्ने ४५ वर्षीय शंकर पाण्डे-मोटरसाइकल चालकको पुरानो मेडिकल कलेज, भरतपुर, चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै ६५ वर्षीय टंकनीति पाण्डेको मोटरसाइकलको पछाडि सवार उनको उपचारका लागि लमजुङ सामुदायिक अस्पताल, लमजुङ पठाइएकोमा ११:३५ बजे उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







