जनतासँगको सम्बन्ध टाढिएकाले एमाले कमजोर भयो : नेता ज्ञवाली

काठमाडौँ, २३ भदौ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण पार्टी कमजोर भएको बताएका छन् । 

आज पार्टीको मधेस प्रदेशको कमिटीले आयोजना गरेको मिसन जागरण अभियानको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी नेता कार्यकर्ता परिचालन भन्दा पनि सीडीओ सरुवातिर केन्द्रित बन्दा जनसम्बन्ध टुटेको स्वीकार गरेका छन् । 

उनले पार्टी नेताहरू सरकारी र राजर्षीपनका कारण एमाले कमजोर भएको बताएका हुन् । उनले भने, ‘एमाले जनपरिचालन गर्ने पार्टी हो तर हाम्रो कार्यशैली सरकारी भयो । राजर्षी भयो’ ज्ञवालीले भने ‘हाम्रो ध्यान सिडिओ सरुवा,प्रहरी र प्रशासकीय अधिकृतको सरुवातिर केन्द्रित भयो’, यसले पार्टी नेतालाई जनतासँग टाढा पुर्‍यायो । यो कुरा आजैका मितिबाट सुधार हुन जरुरी छ।’

उनले फागुनको निर्वाचनमा एमालेको कमजोर नतिजा आउनुमा पार्टीको आन्तरिक एकतामा भएको गडबडी पनि मुख्य कारक भएको बताए । पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवाद,समूह,उपसमूहको निर्माण र निर्वाचनमा एकताबद्ध भएर जान नसक्दा यो अवस्था आएको बताए । 

उनले भने, ‘गत वर्षको भदौ २३ गतेसम्म एमाले ठुलो र बलियो पार्टी थियो तर यस वर्षको भदौ २३ मा एमाले कमजोर पार्टी भएको छ’ ‘यो अवस्था आउनुमा पार्टी जनताका मुद्दाबाट टाढिएको परिणाम हो । जसले गर्दा संविधान मिचिदा होस वा पार्टी नेता माथि सरकारले ज्यादती गर्दा पनि जनता सडकमा आएनन् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ भदौ । सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक भोलीका लागि बोलाइएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला

काठमाडौँ, २३ भदौ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा भएको हिंसात्मक घटनामा घुसपैठ गर्ने र

काठमाडौँ, २३ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीमा परी निधन हुनुभएका भन्सार अधिकृत नवकुल शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको

काठमाडौँ, २२ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित एवम् प्राकृतिक विपत्तिमा