काठमाडौँ, २३ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलनको एक वर्ष पुगेको दिनलाई स्मृतिमात्रै नभई संकल्पको दिन बनाउनुपर्ने बताएकी छिन् ।
उनले आजा सामाजिक सञ्जालमार्फत उनले एक वर्ष अघि गुमाएका युवाहरूको स्मृतिमा पुन: त्यस्तो दिन आउनपर्ने दिन नदोहोर्याउने प्रतिवद्धता गर्नुपर्ने बताएकी छिन् ।
अघिल्लो वर्ष २३ भदौमा जेनजी पुस्ताले सडकमा चर्को प्रदर्शन गरेको थियो । सोही दिन प्रहरीको गोली लागेर १९ जना युवाहरूले एकै दिन ज्यान गुमाएका थिए ।
भोलिपल्ट उक्त आक्रोश सडकमा पोखिँदा तत्कालीन राज्य संरचना नै बदलिनेगरी देशभर आन्दोलन भएको थियो । सोही जगमा बनेको अन्तरिम सरकारले गरेको निर्वाचनपछिको वर्तमान सरकारमा गौतम कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा छिन् ।
उनले भनेकी छिन्, ‘आजको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो । हामीले गुमाएका प्रत्येक युवाको स्मृतिमा हाम्रो प्रतिबद्धता यही रहोस् कि फेरि यस्तो दिन कहिल्यै नदोहोरियोस्,’ ।






