यमनको कारागारमा आक्रमण हुँदा सातजनाको मृत्यु

एजेन्सी, २३ भदौ । यमनको अल–जौफ प्रान्तको हज्म सहरस्थित केन्द्रीय कारागारमा सोमबार भीषण आक्रमण भएको छ । आक्रमणमा परी एक बालकसहित कम्तीमा सातजनाको मृत्यु भएको छ । आक्रमणमा एक महिलासहित अन्य सातजना गम्भीर घाइते भएका छन् ।

आक्रमणका क्रममा कारागारको एक भाग ध्वस्त भएर भग्नावशेषमा परिणत भएको थियो । त्यसक्रममा ३५ जना कैदी तथा कैदीलाई भेट्न आएका आफन्तहरू भग्नावशेषमा पुरिएका छन् । 

हुथी सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनिस अल–असबही र सैन्य प्रवक्ता ब्रिगेडियर जनरल याह्या सारीले आक्रमणलाई ‘नरसंहार’ गराएको भन्दै साउदी अरबमाथि प्रत्यक्ष आरोप लगाएका छन् । उनीहरूले साउदी पक्षले सर्वसाधारण तथा कैदीलाई निसाना बनाउन निगरानी ड्रोन र भाडाका सैनिक प्रयोग गरेको आरोप लगाएका छन् ।

हुथी सैन्य प्रवक्ता सारीले यमनमाथि भइरहेको साउदी आक्रमणको कडा जवाफ दिने चेतावनी दिएका छन् । यसको परिणाम साउदीले भोग्नुपर्ने उनले बताएका छन् । 

हुथीहरूले पछिल्लो २४ घण्टामा अल–बायदा प्रान्तसहित विभिन्न क्षेत्रमा साउदीका चारवटा निगरानी ड्रोन खसालेको दाबी समेत गरेका छन् । यद्यपि, यी आरोपबारे साउदी अरबको सञ्चार मन्त्रालय वा साउदी नेतृत्वको सैन्य गठबन्धनका तर्फबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारका सुरक्षा बलहरूले अल–जौफ, अल–बायदा, धाले र मारिब प्रान्तका विभिन्न मोर्चामा सैन्य कारबाही तीव्र पार्दै अगाडि बढेपछि क्षेत्रमा पुनः भिडन्त चर्किएको बताइएको छ । यसले सन् २०२२ देखि कायम रहेको युद्धविराम थप कमजोर बन्दै पूर्ण रूपमा भंग हुने जोखिम बढाएको बताइएको छ ।

यमनको गृहयुद्धका क्रममा जेल तथा हिरासत केन्द्रमाथि आक्रमण भएको यो पहिलो घटना भने होइन । सन् २०२२ मा साउदी नेतृत्वको गठबन्धनले सादा प्रान्तस्थित एउटा जेलमा गरेको आक्रमणमा ८७ जनाको मृत्यु भएको थियो । त्यस्तै, सन् २०१९ मा धमर प्रान्तस्थित हिरासत केन्द्रमा भएको आक्रमणमा १०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । लेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै

काठमाडौँ, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नियन्त्रण लिएर छाडिएको विषयलाई लिएर संसद्‍मा प्रश्न उठेको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख

काठमाडौँ, १२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानको विषम

काठमाडौँ, १२ असोज । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान