नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो

काठमाडौँ, २३ भदौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको हो । 

मन्त्रालयले आज नुवाकोटका लागि ८० हजार ५२३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र आठ थान फ्रिज ट्याग पठाएको छ ।

रसुवामा भने यसअघि नै हेलिकोप्टरमार्फत खोप पठाइसकिएको छ । बिहीबारदेखि रसुवामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुँदै छ ।

बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित भएको छ । यस समयमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ भदौ । सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक भोलीका लागि बोलाइएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला

काठमाडौँ, २३ भदौ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा भएको हिंसात्मक घटनामा घुसपैठ गर्ने र

काठमाडौँ, २३ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीमा परी निधन हुनुभएका भन्सार अधिकृत नवकुल शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको

काठमाडौँ, २२ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित एवम् प्राकृतिक विपत्तिमा