हङकङले नेपाललाई १५ रनले हरायो

काठमाडौँ, २३ भदौ । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङले नेपाललाई १५ रनले हराएको हो ।

हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमा अलआउट भयो । नेपालका लागि इशान पान्डेले सर्वाधिक ९० रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन ।

आसिफ शेखले ४४, दिपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ तथा गुल्शन झाले २० रन बनाए ।

हङकङका लागि एइजाज खानले ४ विकेट लिए भने यासिम मुर्तजाले २ विकेट लिँदा किन्चित शाह, नसरुल्ला राना र अतिक इक्बालले १-१ विकेट लिए ।

त्यसअघि बाबर हायातले शानदार अविजित शतक बनाएपछि हङकङले नेपालविरुद्ध २६१ रनको योगफल खडा गरेको थियो ।

हङकङले ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको हो । एक समय १३३-७ को अवस्थामा रहेको हङकङका लागि बाबर हायातले शतक बनाएर एहसान खानसँग १२८ रनको अविजित साझेदारी बनाए ।

बाबरले १२७ बलमा ७ चौका र ७ छक्का मद्दतले ११७ रन बनाएर नटआउट रहे भने एहसान ३४ रनमा नटआउट रहे । त्यसअघि शाहिद वासिफले ४५ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा ४४ रन दिएर ४ विकेट लिए । शेर मल्लले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए ।

नेपाललाई हराएको हङकङ नेपालसँगै सेमिफाइनलमा पुगेको छ । हङकङको जितले आयोजक मलेसिया भने बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र