`ग्रीन आर्मी नेपाल’ जस्ता संस्थाको औचित्यमाथि प्रश्न उठाउनुपर्छ : महासचिव पोखरेल

काठमाडौँ, १९ भदाै । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ‘ग्रीन आर्मी नेपाल’ जस्ता सैनिक प्रकृतिका गैरसरकारी संस्थाको औचित्यमाथि प्रश्न उठाउनुपर्ने बताएका छन् ।

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत संस्था कसको पालामा दर्ता भयो ? कहाँ दर्ता भयो ? वा सेनासँग मिल्दोजुल्दो पोशाकको अनुमति कसले दियो ? भन्ने विषयले मात्रै यस्ता सङ्गठनको औचित्य पुष्टि नहुने बताएका हुन् ।

नेपालजस्तो संवेदनशील भूराजनीतिक अवस्था भएको मुलुकमा यस्ता संस्थाको आवश्यकता र औचित्यबारे खुला छलफल हुनुपर्ने उनको भनाइ छ । समाजसेवाका लागि सेनाजस्तो नाम र पोशाक आवश्यक पर्ने हो कि होइन भन्ने प्रश्नसमेत उनले उठाएका छन् ।

गत भदौको जेनजी आन्दोलनका क्रममा देखिएको ‘टिओबी’ नामको युवा दस्ताको गतिविधिको सन्दर्भ उल्लेख गर्दै पोखरेलले यस्ता सङ्गठनको बोझ र त्रास मुलुकले कति झेल्ने भन्नेबारे गम्भीर भएर सोच्नुपर्ने बताएका छन् ।

उनले कुनै पनि प्रकारका सैनिक प्रकृतिका गैरसरकारी संस्था खोल्न तथा सैनिकजस्तो देखिने पोशाकमा गतिविधि गर्न तत्काल रोक लगाउनुपर्ने धारणा राखेका छन् ।

पाेखरेलकाे स्टाटस जस्ताकाे तस्तै

‘ग्रीन आर्मी नेपाल’ जस्ता संस्थाको औचित्यमाथि प्रश्न ! ?
यो संस्था कसको पालामा कहाँ दर्ता भयो, सेनासँग मिल्दोजुल्दो पोशाकको अनुमति कसले दियो र कुन संस्थाले कतिबेला तालिम दियो भन्ने जस्ता कुराले मात्र यस प्रकृतिका संगठनहरूको औचित्य स्थापित हुन सक्दैन।

नेपालजस्तो तरल र संवेदनशील भूराजनीति भएको मुलुकमा के यस्ता संस्थाको कुनै पनि प्रकारको आवश्यकता र औचित्य छ त? समाज सेवाका लागी सेनाको जस्तो नाम र पोशाक आवश्यक पर्दछ त ? भन्ने जस्ता विषयमा खुला रूपमा छलफल गरिनुपर्छ। गत भदौमा भएको ‘जेन्जी आन्दोलन’ का बेला देखिएको ‘टिओबी’ (TOB) नामको युवा दस्ताको छद्म गतिविधिले आक्रान्त मुलुकले अब यस्ता कति संगठनहरूको बोझ र त्रास झेल्नुपर्ने हो ?

हिजो कसैको पालामा दर्ता भयो वा बनाइयो भन्दैमा गलत कुरामा मुकदर्शक बन्ने छुट हामी कसैलाई छैन। यसबारे सिङ्गो राष्ट्रले गम्भीर भएर सोच्नुपर्छ। तसर्थ, कुनै पनि प्रकारका सैनिक प्रकृतिको गैरसरकारी संगठनहरू खोल्न र तिनलाई एकै प्रकारको सैनिक जस्तो देखिने पोशाकमा गतिविधि गर्न तत्काल रोक लगाइनुपर्छ !

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ भदाै । जलस्रोत मन्त्रालयले उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्‍याउन चीनले नेपालसँग आपतकालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर

काठमाडौँ, १९ भदौ । गृहमन्त्री सुधन गुरुङले त्रिशूली ‘ए’को सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार गर्न सफल भएपछि अझै आशाको

काठमाडौँ, १९ भदौ । नेपालमा हालै आएको विनाशकारी बाढीका पीडितको सहयोगका लागि थाइल्यान्ड सरकारले ७० लाख थाई भाट (नगद) र

काठमाडौँ, १९ भदौ । नेपाल दाना उद्योग संघले सुदूरपश्चिम क्षेत्रमा आएको विनाशकारी बाढी पहिरोबाट प्रभावित तथा पीडितको राहत तथा पुनर्स्थापनाका