बाढी पीडितका लागि नेपाल दाना उद्योग संघद्वारा पौने चार करोड सहयोग

काठमाडौँ, १९ भदौ । नेपाल दाना उद्योग संघले सुदूरपश्चिम क्षेत्रमा आएको विनाशकारी बाढी पहिरोबाट प्रभावित तथा पीडितको राहत तथा पुनर्स्थापनाका लागि करिब चार करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गरेको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाएको पत्रमा संघ मातहतका सदस्य उद्योगहरूले राहत रकम उपलब्ध गराएको जनाएको छ।

संघका अनुसार २६ वटा सदस्य उद्योगबाट जम्मा ३ करोड ९७ लाख ५४ हजार ३०९ रुपैयाँ राहत रकम सङ्कलन भएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको तथा थप रकम जम्मा हुने कार्यसमेत जारी रहेको संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर