अन्डाको मूल्य बढ्यो

काठमाडौँ, १९ भदौ । नेपाल लेयर्स कुखुरापालक संघले फार्म समर्थन बिक्री मूल्यमा पुन: वृद्धि गरेको छ ।

आजदेखि लागु हुने गरी संघले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबै प्रकारका अन्डामा प्रतिक्रेट १५ रुपैयाँ वृद्धि गरिएको छ ।

यो वृद्धिसँगै अन्डाको फार्म मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । लागत मूल्यमा भएको वृद्धि र बजार माग सन्तुलनमा राख्न मूल्य समायोजन गर्नुपरेको संघको दाबी छ ।

यसअघि ४ भदौमा तोकिएको मूल्य अनुसार एक्सएल आकारको अन्डाको फार्म मूल्य प्रतिक्रेट ५ सय ९० रुपैयाँ रहेकोमा अहिले १५ रुपैयाँ बढेर ६ सय ५ रुपैयाँ पुगेको छ । त्यसैगरी ठूलो अन्डा प्रतिक्रेट ५ सय ७५ बाट ५ सय ९० रुपैयाँ पुगेको छ भने मिडियम अन्डाको मूल्य ५ सय ३५ बाट ५ सय ५० रुपैयाँ कायम भएको छ ।

सानो अन्डाको हकमा भने प्रतिपेटी ३ हजार २ सय रुपैयाँ नै यथावत राखिएको छ । यो फार्म मूल्य हो । उपभोक्ता मूल्य भने २५ रुपैयाँ तोकिएको छ । त्यस्तै मिडियम अन्डा दुई वटा खरिद गर्दा उपभोक्ताले ४५ रुपैयाँ (प्रति गोटा साढे २२ रुपैयाँ) भुक्तानी गर्नुपर्ने छ ।

संघ सचिव मदन पोखरेलका अनुसार चितवनलाई मुख्य आधार मानी यो मूल्य देशभरिका लागि तय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ११ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक साताभित्र व्यावसायिक जहाजका लागि होर्मुज जलमार्ग पुनः खोल्ने इरानी प्रस्ताव अस्वीकार

एजेन्सी, १० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले राखेको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी अखबार द वाल स्ट्रिट

एजेन्सी, १० असोज । चीनले गत साता देशबाहिर जाने र देशभित्र प्रवेश गर्ने विषयसँग सम्बन्धित नयाँ नियम लागू गरेको छ ।

एजेन्सी, १० असोज । श्रीलङ्काले सन् २०२६ मा सार्वजनिक सेवामा एक लाख २० हजारभन्दा बढी व्यक्ति भर्ना गर्ने कार्यक्रम सुरु गरेको