१० थान भरुवा बन्दुक बरामद

काठमाडौँ, १९ भदौ । दाङको बबई गाउँपालिका तथा लमही नगरपालिकाको विभिन्न सामुदायिक वनबाट लुकाइछिपाइ राखेको अवस्थामा १० नाल भरुवा बन्दुक बरामद गरिएको छ ।

प्रहरीका अनुसार आज बिहान खटिएको प्रहरी टोलीले दाङको विभिन्न स्थानमा खोजतलास गर्ने क्रममा उक्त भरुवा बन्दुक बरामद गरेको हो ।

उक्त टोलीले बबई गाउँपालिका –०४ स्थित चितलगैरा सामुदायिक वनबाट ४ नाल, लमही नगरपालिका –०३ जखेरा सामुदायिक वनबाट ५ नाल र बबई गाउँपालिका –०२ सुवाखोरे सामुदायिक वनबाट गरी १ नाल गरी जम्मा १० नाल भरुवा बन्दुक बरामद गरिएको छ

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर