१० थान भरुवा बन्दुक बरामद

काठमाडौँ, १९ भदौ । दाङको बबई गाउँपालिका तथा लमही नगरपालिकाको विभिन्न सामुदायिक वनबाट लुकाइछिपाइ राखेको अवस्थामा १० नाल भरुवा बन्दुक बरामद गरिएको छ ।

प्रहरीका अनुसार आज बिहान खटिएको प्रहरी टोलीले दाङको विभिन्न स्थानमा खोजतलास गर्ने क्रममा उक्त भरुवा बन्दुक बरामद गरेको हो ।

उक्त टोलीले बबई गाउँपालिका –०४ स्थित चितलगैरा सामुदायिक वनबाट ४ नाल, लमही नगरपालिका –०३ जखेरा सामुदायिक वनबाट ५ नाल र बबई गाउँपालिका –०२ सुवाखोरे सामुदायिक वनबाट गरी १ नाल गरी जम्मा १० नाल भरुवा बन्दुक बरामद गरिएको छ

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ११ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक साताभित्र व्यावसायिक जहाजका लागि होर्मुज जलमार्ग पुनः खोल्ने इरानी प्रस्ताव अस्वीकार

एजेन्सी, १० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले राखेको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी अखबार द वाल स्ट्रिट

एजेन्सी, १० असोज । चीनले गत साता देशबाहिर जाने र देशभित्र प्रवेश गर्ने विषयसँग सम्बन्धित नयाँ नियम लागू गरेको छ ।

एजेन्सी, १० असोज । श्रीलङ्काले सन् २०२६ मा सार्वजनिक सेवामा एक लाख २० हजारभन्दा बढी व्यक्ति भर्ना गर्ने कार्यक्रम सुरु गरेको