अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ, १९ भदौ । कपिलवस्तुको शिवराज नगरपालिका-२ बालापुर मिलनचोकमा अटोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार हल्लानगरबाट २ नम्बर टोलतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ह १३७८ नम्बरको अटोको ठक्करबाट पैदलयात्री स्थानीय तिर्सना सेन ठकुरीका ३ वर्षीय छोरा शिवम सेन ठकुरीको आज बिहान मृत्यु भएको हो ।

गम्भीर घाइते बालकको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिएको छ ।

उक्त दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ११ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक साताभित्र व्यावसायिक जहाजका लागि होर्मुज जलमार्ग पुनः खोल्ने इरानी प्रस्ताव अस्वीकार

एजेन्सी, १० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले राखेको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी अखबार द वाल स्ट्रिट

एजेन्सी, १० असोज । चीनले गत साता देशबाहिर जाने र देशभित्र प्रवेश गर्ने विषयसँग सम्बन्धित नयाँ नियम लागू गरेको छ ।

एजेन्सी, १० असोज । श्रीलङ्काले सन् २०२६ मा सार्वजनिक सेवामा एक लाख २० हजारभन्दा बढी व्यक्ति भर्ना गर्ने कार्यक्रम सुरु गरेको