नेपाललाई थाइल्यान्डद्वारा नगद र राहत सामग्री सहयोग

काठमाडौँ, १९ भदौ । नेपालमा हालै आएको विनाशकारी बाढीका पीडितको सहयोगका लागि थाइल्यान्ड सरकारले ७० लाख थाई भाट (नगद) र अन्य आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ ।

नेपालको प्राथमिकता र आवश्यकताका आधारमा थाइल्यान्डले सो सहायता प्रदान गरेको हो । थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले आज प्रधानमन्त्री कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीलाई उक्त सहायता हस्तान्तरण गरेका छन् ।

नेपाल सरकार र नेपाली जनताका तर्फबाट राजदूत ओलीले समयमै पुर्‍याएको मानवीय सहायताका लागि थाइल्यान्ड सरकार तथा त्यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गरेका छन् । यो उदार सहयोगले नेपाल र थाइल्यान्डबिचको दीर्घकालीन मित्रता, एकजुटता र घनिष्ठ सम्बन्धलाई झल्काएको उनले बताएका छन् ।

थाइल्यान्ड सरकारले नगद सहयोग नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेछ । राहत सामग्रीहरू पनि यथाशीघ्र नेपाल पठाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० भदौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या उत्पन्न गर्नेहरुले नेपाललाई क्षतिपूर्ती तिर्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २० भदौ । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चार करोड ९६

काठमाडौँ, १९ भदाै । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ‘ग्रीन आर्मी नेपाल’ जस्ता सैनिक प्रकृतिका गैरसरकारी संस्थाको औचित्यमाथि प्रश्न

काठमाडौँ, १९ भदाै । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको