गाडीको ठक्करबाट आमा-छोरीको मृत्यु

काठमाडौँ, ७ भदौ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सिम्लीबाट चौरजहारीतर्फ गइरहेकोे विद्युतीय सवारीसाधनले मुसिकोट खलङ्गाबाट सुर्खेतर्फ गइरहेको गाडीलाई आज बिहान ठक्कर दिँदा त्यसमा सवार गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवालीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई सल्लेस्थित जिल्ला अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने विद्युतीय गाडी र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै

काठमाडौँ, ७ भदौ । भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठुलो संख्यामा नायब सुब्बाहरूको सरुवा गरेको छ

काठमाडौँ, ७ भदौ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नेपालका वामपन्थी पार्टीहरू चाहिँ ठ्याक्कै २०१७–०२७ को हालतमा

भक्तपुर, ७ भदौ । नेपाल चाडपर्व, कला, संस्कृति, धर्म तथा परम्पराले समृद्ध देश हो । नेपाली मौलिक संस्कृति र परम्पराले स्वदेशी