काठमाडौँ, ६ साउन । प्रधानमन्त्री बालेन शाहले हस्तकला व्यवसाय सम्बन्धी नीति, कला संरक्षण, रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
आज नेपाल हस्तकला व्यवसायी महासङ्घका प्रतिनिधिहरूसँगको भेटका क्रममा प्रधानमन्त्री शाहले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री निजी सरकारी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने पदाधिकारीहरूको मागमा पनि सकारात्मक भएका छन् ।
साथै, प्रधानमन्त्रीले शाहले हस्तकला सामग्री निर्यात अहिलेसम्म स्वघोषणामा भइरहेकोमा त्यसको साटो बिजक मूल्याङ्कन अनिवार्य गर्दा राजस्व वृद्धिमा सहयोग पुग्ने पदाधिकारीको सुझाव अनुसार काम गरिने पनि आश्वासन दिएका छन् ।
छलफलमा हस्तकला सामग्री निर्यात गर्दा पाउनुपर्ने सोको पाँच प्रतिशत रकम तीन वर्षयता रोकिएकोमा त्यसलाई पुनः निरन्तरता दिने विषयमा पनि प्रधानमन्त्रीले आश्वासन दिएका छन् ।






