पार्टीभित्रै एकता रोज्न शेखर कोइरालाको आग्रह

काठमाडौँ, ६ साउन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रै एकता रोज्न आग्रह गरेका छन् ।

आज बीपी कोइरालाको ४४ औँ स्मृति दिवसको अवसरमा उनले पार्टीले राष्ट्रिय एकता अघ आन्तरिक एकता बलियो बनाउनुपर्ने बताए ।

उनले भने, ”पहिले त नेपाली कांग्रेसभित्रै एकता हुनुपर्‍यो । अनि सबै परम्परागत शक्तिहरूसँग एकता गरेर हामी अघि बढ्नसक्छौँ,” । 

कांग्रेस एकताका साथ अघि नबढे मुलुकले पनि त्यसको क्षति व्यहोर्नुपर्ने उनको मत छ । ”हामी एकढिक्का भएनौँ भने मुलुकमा पनि अप्ठेरो हुनसक्छ । देशमा देखापर्ने संकट समाधानका लागि पनि बिपीले अघि सारेको राष्ट्रिय एकता र मेलमिलापको सिद्धान्त मनन् गरौँ,” उनले भने ।

कांग्रेस अहिले फुटको संघारको अवस्थामा छ । संस्थापन इतरपक्षले छुट्टै कार्यालय खोलेर गतिविधि अघि बढाइरहेको छ । एकताका लागि गरिएका प्रयत्नले कांग्रेसमा नतिजा दिएको छैन । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल

काठमाडौँ, २ भदौ । बैंकको कर्मचारी भन्दै ग्राहकको नो योर कस्टमर (केवाईसी) अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले

काठमाडौँ, २ भदौ । काठमाडौँको टोखामा भएको लुटपाटमामा संलग्न देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्ण बहादुर शाहीलाई