केराको मूल्य बढ्यो

काठमाडौँ, ६ साउन । बजारमा केराको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज केराको मूल्य बढेको हो ।

आज केरा प्रतिदर्जन थोकमा न्यूनतम २०० देखि अधिकतम ३०० र औसत २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

हिजोको तुलनामा यो मूल्य प्रतिदर्जन औसत २५ रुपैयाँ महँगो हो । हिजो मंगलबार केरा प्रतिदर्जन थोकमा न्यूनतम २०० देखि अधिकतम २५० र औसत २२५ रुपैयाँमा किनबेच भएको थियो ।

थोक बजारमै केराको भाउ महँगो भएपछि खुद्रा बजारमा उपभोक्ता झन् महँगो मूल्य तिर्न बाध्य हुनेछन् । भारतबाट केरा आयात रोकिएपछि किसानले बारीबाटै महँगो मूल्यमा केरा बेचेकाले उपभोक्तालाई पनि महँगो मूल्य परेको व्यवसायीहरूले दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल

काठमाडौँ, २ भदौ । बैंकको कर्मचारी भन्दै ग्राहकको नो योर कस्टमर (केवाईसी) अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले

काठमाडौँ, २ भदौ । काठमाडौँको टोखामा भएको लुटपाटमामा संलग्न देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्ण बहादुर शाहीलाई