डा. गोविन्द केसी बिहीबारदेखि अनसन बस्ने

काठमाडौँ, ६ साउन । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका बेथितिविरुद्ध प्रा.डा. गोविन्द केसीले बिहीबारदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् ।

केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रलाई निजी स्वार्थको कब्जामा पु‍र्‍याउने प्रयास भइरहेको आरोप लगाउँदै दार्चुलाबाट अनसनको घोषणा गरेका हुन् । 

सरकारलाई दिएको अल्टिमेटमको समयसीमाभित्र मागहरू बेवास्ता गरिएको भन्दै उनले विज्ञप्ति जारी गर्दै कडा आन्दोलनको चेतावनी दिएका छन् । विज्ञप्तिमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विशुद्ध गैरनाफामूलक सार्वजनिक क्षेत्र हुनुपर्नेमा जोड दिँदै ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ले २०८५ सालभित्र यस क्षेत्रलाई पूर्ण गैरनाफामूलक बनाउने मार्गचित्र तय गरे पनि सरकारले कार्यान्वयनमा कुनै तत्परता नदेखाएको आरोप लगाइएको छ । 

मापदण्डविपरीत निजी मेडिकल कलेजहरूमा शूल्क लिएर सिट वृद्धि गर्ने र छात्रवृत्ति कटौती गर्ने सरकारी नीतिको कडा विरोध गरिएको छ । यस्तो कदमले ग्रामीण क्षेत्रका स्वास्थ्य संस्था डाक्टरविहीन हुने, विपन्न विद्यार्थी अध्ययनबाट वञ्चित हुने र चिकित्सा शिक्षा आयोगजस्ता नियामक निकायहरूमा स्वार्थ बाझिने व्यक्तिहरूलाई नेतृत्व सुम्पिने प्रयास भइरहेको भन्दै आपत्ति जनाइएको छ ।

गेटास्थित ‘सहिद दशरथ चन्द मेडिकल विश्वविद्यालय’मा स्वार्थपरक ढंगले नियुक्ति गरिएको र स्थापित संस्थाहरूलाई पन्छाएर व्यापारिक तथा राजनीतिक स्वार्थ पूर्ति गर्न खोजिएको डा. केसीका आरोप छ । उनले विवादित नियुक्तिहरू तत्काल बदर गर्न, सिट वृद्धि र छात्रवृत्ति कटौतीको निर्णय खारेज गर्न, सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रमा पूर्वाधार विस्तार गर्न र विगतका सहमतिहरू कार्यान्वयन गर्न माग गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for