लोकतान्त्रिक अभ्यासलाई सामाजिक सञ्जालमा विर्सजनको छुट छैन : महामन्त्री पौडेल

काठमाडौँ, ६ साउन । कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन साहले फेसबुकबाट कर फिर्ताको घोषणा गरेकोप्रति आपत्ति प्रकट गरेका छन् ।

प्रधानमन्त्री बालेनको कर फिर्ताको निर्णय सही भए पनि विधि लत्याएर स्वेच्छाचारी ढंगले अघि बढ्ने छुट कसैलाई नभएको उनले बताए । ”लोकतान्त्रिक व्यवस्था र यसका अभ्यासलाई सामाजिक सञ्जालको भित्तामा लगेर विसर्जन गर्ने अधिकार कसैलाई छैन,”उनको भनाइ छ । 

प्रधानमन्त्री बालेन साहले मंगलबार फेसबुकमार्फत समता शीर्षकमा सरकारले लिने भनेको कर फिर्ता गरिएको घोषणा गरेका थिए । कर फिर्ता गर्दा मन्त्रिपरिषद्बबाट निर्णय गरेर प्रक्रिया अघि बढाउनुपर्नेहुन्छ । मन्त्रिपरिषद्को निर्णयलाई संसद्मा जानकारी गराएर राजपत्रमा सूचना प्रकाशित गरेपछि मात्रै कर फिर्ता कार्यान्वयनमा अघि बढ्छ ।

आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट कर फिर्ताको निर्णय लिने सरकारको तयारी छ । पौडेलले बिजुलीमा सरकारले लगाएको अतिरिक्त कर पनि हटाउनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका–४

काठमाडौँ, ८ भदौ । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ

काठमाडौँ, ८ भदौ । पशुपतिनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरमा ३२५ जना भक्तजनले कोषले तोके

उदयपुर, ८ भदौ । उदयपुरमा १९९ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट