काठमाडौँ, ६ साउन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रै एकता रोज्न आग्रह गरेका छन् ।
आज बीपी कोइरालाको ४४ औँ स्मृति दिवसको अवसरमा उनले पार्टीले राष्ट्रिय एकता अघ आन्तरिक एकता बलियो बनाउनुपर्ने बताए ।
उनले भने, ”पहिले त नेपाली कांग्रेसभित्रै एकता हुनुपर्यो । अनि सबै परम्परागत शक्तिहरूसँग एकता गरेर हामी अघि बढ्नसक्छौँ,” ।
कांग्रेस एकताका साथ अघि नबढे मुलुकले पनि त्यसको क्षति व्यहोर्नुपर्ने उनको मत छ । ”हामी एकढिक्का भएनौँ भने मुलुकमा पनि अप्ठेरो हुनसक्छ । देशमा देखापर्ने संकट समाधानका लागि पनि बिपीले अघि सारेको राष्ट्रिय एकता र मेलमिलापको सिद्धान्त मनन् गरौँ,” उनले भने ।
कांग्रेस अहिले फुटको संघारको अवस्थामा छ । संस्थापन इतरपक्षले छुट्टै कार्यालय खोलेर गतिविधि अघि बढाइरहेको छ । एकताका लागि गरिएका प्रयत्नले कांग्रेसमा नतिजा दिएको छैन ।






