स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, १ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाएका छन् ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन)का पदाधिकारी र सदस्यसँग छलफलमा प्रधानमन्त्री शाहले जुत्ता चप्पलको आयात प्रतिस्थापन तथा रोजगारी सिर्जना लागि आवश्यक सहयोग पुर्‍याउने बताए ।

उनले तीन वटै तहको सरकारको समन्वयमा जुत्ता चप्पल उत्पादनसम्बन्धी सीपमूलक तालिम सञ्चालन तथा नेपाली जुत्ता–चप्पलको प्रवर्द्धन तथा बजारीकरणमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताए । यस्तै, उद्योगको उत्पादन क्षमताअनुसार कच्चा पदार्थ आयातको सीमामा ट्रयाकिङ तथा अभिलेख व्यवस्थापन प्रभावकारी बनाइने उनको भनाइ थियो।

छलफलमा सङ्घका पदाधिकारी तथा सदस्यले विभिन्न सीमा नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न, करको दायराबाहिर रहेका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उत्पादनलाई कानुनी दायरामा ल्याउन, गुणस्तरहीन जुत्ता–चप्पलको आयात नियन्त्रण गर्न तथा आयातित जुत्ता–चप्पलमा अनिवार्य गुणस्तर परीक्षण लागू गर्न प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ साउन । मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा टिपरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १ साउन । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा ल्याइएको छ ।काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लू

काठमाडौँ, १ साउन । साउन महिना सुरु भएसँगै देशभर हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ । महिलाले हातमा मेहन्दी

काठमाडौँ, १ साउन । काठमाडौँको कपनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति करिब