ह्वाइट हाउसले भन्यो : मालवाहक जहाजका लागि होर्मुज जलमार्ग खुला छ

एजेन्सी, १ साउन । ह्वाइट हाउसले व्यापारिक जहाजहरूका लागि स्ट्रेट अफ होर्मुज खुला रहेको बताउँदै अमेरिकी सेना रणनीतिक जलमार्गबाट समुद्री यातायातको माध्यामबाट निरन्तर सामान प्रवाह सुनिश्चित गर्न तैनाथ गरिएको जनाएको छ ।

अमेरिकी सैन्य कारबाही बढ्दै जाँदा स्ट्रेट अफ होर्मुज हुँदै व्यापारिक ढुवानीमा आएको गिरावटबारे छलफल गर्न आयोजित पत्रकार सम्मेलनमा सोधिएका प्रश्नको जवाफ दिँदै ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेविटले अमेरिकाले इरानी बन्दरगाहमा प्रवेश गर्ने वा प्रस्थान गर्ने यात्रुबहाक जहाजहरूमा मात्र लागु हुने गरी नाकाबन्दी लागू गरेको बताएका छन् ।

इरानी बन्दरगाहहरूमा प्रवेश गर्ने र प्रस्थान गर्ने जहाजहरूका लागि राष्ट्रपतिले निर्देशन दिएका जहाजहरू अवरुद्ध रहेको समेत उनले बताएका छन् । नाकाबन्दीलाई पूर्ण रूपमा लागु गरिएको उल्लेख गर्दै उनले इरानले संयुक्त राज्य अमेरिकासँग गरेको सम्झौताको सम्मान गरी अनुसरण गर्न असमर्थ भएकाले यो नाकाबन्दी पुनः लागू गर्नुपरेको जनाएका छन् ।

उनले यस क्षेत्रमा ठूलो अमेरिकी सैन्य तैनाथीद्वारा नाकाबन्दी लागू गरिएको बताएका छन् । दश हजार भन्दा बढी अमेरिकी नाविक, मरीन र एयरम्यान, दुई विमान वाहक र २० भन्दा वटा बढी युद्धपोत र दर्जनौं विमानहरूले नाकाबन्दी अभियान कार्यान्वयन गरिरहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । नेपालका विभिन्न हिमाल आरोहणका निम्ति ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार

काठमाडौँ, १५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सडक

काठमाडौँ, १५ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका