नेप्से ७९ अंकले बढ्यो

काठमाडौँ, १ साउन । अघिल्लो दिन जम्मा ७.५० अंक बढेको सेयर बजार शुक्रबार ७९.७४ अंक (३.०६ प्रतिशत) बढेको छ । सो वृद्धिपछि नेप्से २६७७ अंकमा पुगेको छ ।

कारोबार सुरु हुँदादेखि नै बढेको बजारले दिनभर नै उकालो गति लियो । बन्द हुँदाको अंक नै कारोबार अवधिभरको उच्चतम अंक पनि हो । शुक्रबारसहित लगातार चौथो दिन बजार बढेको छ । आजको वृद्धि अंक भने चैत २३ यताकै उच्च हो ।

कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५३ करोडको भयो । अघिल्लो दिन १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र मात्रै कारोबार भएकाले समग्र कारोबार उच्च देखिएको थियो । तर आज जम्मा ६१ लाखको ऋणपत्र मात्रै कारोबार हुँदा समग्र कारोबार न्यून देखियो ।

आज २५७ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो भने ३ को स्थिर रह्यो । सबै समूहगत सूचक बढेका छन् । जलविद्युत्, लगानी र उत्पादन समूह ४ प्रतिशतभन्दा धेरै बढे ।

बैंकिङ २.४१, विकास बैंक २.१८, फाइनान्स ३.३९, होटल तथा पर्यटन ३.६६, जलविद्युत् ४.५८, लगानी ४.१२, जीवन बीमा २.७४, उत्पादन तथा प्रशोधन ४.६०, माइक्रोफाइनान्स १.८०, निर्जीवन बीमा २.११, अन्य २.७७ तथा व्यापार ०.८३ प्रतिशत बढे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । काठमाडौँको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी प्रहरी जवानलाई आक्रमण गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, ९ भदौ । चितवनको राप्ती नगरपालिकाबाट १६८ किलो लागु औषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार आज

काठमाडौँ, ९ भदौ । जनकपुरधाममा एक युवती होटलको कोठामा मृत फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरको वडा नम्बर

काठमाडौँ, ९ भदौ । पूर्वी चितवनको रत्ननगरमा पालिएका पशुचौपायमा रेबिजको संक्रमण देखिएको छ । रत्ननगर नगरपालिका–९ र १० को नमुनामा रोगको