टिपरको ठक्करबाट एक वृद्धाको मृत्यु

काठमाडौँ, १ साउन । मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा टिपरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले ठक्कर दिँदा बाटो काट्दै गरेकी ७० वर्षीया विष्णुमाया मगरको मृत्यु भएको हो ।

घटनास्थलमा वृद्धा मगर गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उपचारकै क्रममा उको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न टिपर र चालक सङ्खुवासभाको चैनपुर नगरपालिका–११ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका–१३ बस्ने २३ वर्षीय विक्रम माझीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for

बागलुङ,२ भदाै । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटन प्रवर्द्धन र स्थानीय