विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश

काठमाडौँ, १ साउन । पूर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाले आज उनलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेका हुन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार पौडेल विरुद्ध  विशेष अदालतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोगपत्र दायर गरेको थियो। विभागले पौडेलविरूद्ध २० करोड ९० लाख बिगो मागदाबी लिएको थियो। 

आज थुनछेक बहसपछि अदालतले उनलाई मुद्दाको पुर्पक्षको लागी पौडेललाई साधारण तारेखमा राख्न आदेश गरेको हो।

पौडेल असार ८ गते पक्राउ परेका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै

काठमाडौँ, ७ भदौ । भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठुलो संख्यामा नायब सुब्बाहरूको सरुवा गरेको छ

काठमाडौँ, ७ भदौ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नेपालका वामपन्थी पार्टीहरू चाहिँ ठ्याक्कै २०१७–०२७ को हालतमा

भक्तपुर, ७ भदौ । नेपाल चाडपर्व, कला, संस्कृति, धर्म तथा परम्पराले समृद्ध देश हो । नेपाली मौलिक संस्कृति र परम्पराले स्वदेशी