पहिरोमा परेर नाबालिकाको मृत्यु, आमा गम्भीर घाइते

काठमाडौँ, २९ असार । दोलखाको कालिञ्चोक गाउँपालिका–१, क्याम्पोलमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार आइतबार राति ९ बजे क्याम्पोल हेलेकपाथलीमा माइतबाट घर फर्कने क्रममा सडकमाथिबाट आएको पहिरोमा परेर ४ महिनाकी नाबालिका एलिसा थामीको मृत्यु भएको हो ।

पहिरोमा परेर उनकी १९ वर्षीया आमा शर्मिला थामी गम्भीर घाइते भएकी छन् । पहिरोमा परेका आमा–छोरीको स्थानीयले राति नै उद्धार गरेर दोलखा धुलिखेल अस्पताल ल्याएका थिए । अस्पताल ल्याउने क्रममा नाबालिकाको बाटोमै मृत्यु भएको र गम्भीर घाइते आमा शर्मिलालाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ, १० भदौ । बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै