उद्धार पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

अहिले एयरपोर्टमा बसेर खोज तथा उद्धारको नेतृत्व गरिरहेका मन्त्री गुरुङले भने, ‘हाम्रो पहिलो प्राथमिकता रेस्क्यु हुन्छ ।’

रात परेपछि उद्धार असम्भव हुने हुनाले उद्धारमा सुरक्षा फौजलाई केन्द्रित गरिएको मन्त्री गुरुङले बताए । रसुवाको टिमुरे, स्याफ्रु, रसुवागढी र नुवाकोटका स्थानीयलाई थप जोखिम हुनसक्ने भन्दै हाइ अलर्टमा राखेर सुरक्षाकर्मीहरूले उद्धारको काम गरिरहेको गुरुङले बताए ।

उद्धारको काम पुरा भएपछि राहत र अस्थायी बास स्थानको व्यवस्थापन गरिने मन्त्री गुरुङको भनाइ छ । ग्लेसियर फुटेर बाढी आएको उनले बताए ।

सबै हेलिकप्टर उद्धारमा प्रयोग गरिएको र निजी प्रयोजनका लागि हेलिकप्टर उडान नपाइने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र