उद्धार पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

अहिले एयरपोर्टमा बसेर खोज तथा उद्धारको नेतृत्व गरिरहेका मन्त्री गुरुङले भने, ‘हाम्रो पहिलो प्राथमिकता रेस्क्यु हुन्छ ।’

रात परेपछि उद्धार असम्भव हुने हुनाले उद्धारमा सुरक्षा फौजलाई केन्द्रित गरिएको मन्त्री गुरुङले बताए । रसुवाको टिमुरे, स्याफ्रु, रसुवागढी र नुवाकोटका स्थानीयलाई थप जोखिम हुनसक्ने भन्दै हाइ अलर्टमा राखेर सुरक्षाकर्मीहरूले उद्धारको काम गरिरहेको गुरुङले बताए ।

उद्धारको काम पुरा भएपछि राहत र अस्थायी बास स्थानको व्यवस्थापन गरिने मन्त्री गुरुङको भनाइ छ । ग्लेसियर फुटेर बाढी आएको उनले बताए ।

सबै हेलिकप्टर उद्धारमा प्रयोग गरिएको र निजी प्रयोजनका लागि हेलिकप्टर उडान नपाइने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै

काठमाडौँ, १० भदौ । प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । दिउँसो १ बजेदेखि सुरु