भारतीय प्रधानमन्त्री मोदीद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

काठमाडौँ, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाहसँग कुराकानी गरेका छन् ।

मोदीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहसँग बुधबार टेलिफोनमा कुराकानी गरेका हुन् । सो क्रममा बाढीबाट भएको मानवीय क्षतिप्रति समवेदना व्यक्त गरेको मोदीले जानकारी दिएका छन् । 

उनले कठिन परिस्थितिमा भारतका जनता नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा रहेको बताएका छन् ।

मोदीले नेपाललाई आवश्यक सबै प्रकारका मानवीय सहयोग उपलब्ध गराउन भारत तयार रहेको उल्लेख गरेका छन् । साथै उद्धार तथा राहतका प्रयासमा भारतका सम्बन्धित टोलीले नेपालसँग नजिक रहेर समन्वय गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र