काठमाडौँ, ११ असार । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को प्रतिनिधि सभाबाट पारित भई आएको एक विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण गरेका हुन् ।
सङ्घीय संसद् प्रतिनिधि सभाको बैठकबाट पारित भएपछि सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेस भएको थियो। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सो विधेयक बिहीबार प्रमाणीकरण भएको हो।





