नगद-सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सांगली महाराष्ट्र तासगाव तालुका झारखण्ड घर भई हाल काठमाडौँ महानगरपालिका–२५ ठहिटी बस्ने ३३ वर्षीय अमितइरगोन्डा घाली रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । 

उनको साथबाट नेपाली सात लाख ३० हजार रुपैयाँ, अमेरिकी डलर ३४ हजार ५००, ७५ ग्रामसुन, दुई किलो चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका घालीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको प्रवक्ता कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा